एनिमेसन गरेर अन्तरिक्षको जस्तो बनाएर बनाएका फिल्महरु त धेरै देख्न पाइयो | तर साच्चै अन्तरिक्षमा चाहिं अहिले सम्म सूटिंग भएको थिएन सायद | र यो अभावको पुर्ती गरेका छन् क्यानाडाका अन्तरिक्षयात्री क्रिस हाडफिल्डले | अन्तररास्ट्रिय अन्तरिक्ष केन्द्रको यात्राका दौरान उनले एउटा गीतको भिडियो बनाएका थिए | भिडियोमा गितारलाइ फाल्दा सुन्य गुरुत्वामा तैरिएको प्रस्ट देख्न सकिन्छ | यो भिडियो युट्युबमा अपलोड गरिएको थियो जसको लिंक मैले यहाँ राखेको छु |
Mahesh's world
त्यो एक सपना
मैले धेरै व्यक्तिहरुको बायोग्राफीमा पढेको छु कि उनिहरुले आफ्नो जीवनमा गरेको धेरै कार्यहरुको खाका सपनामा देखेको कुराको आधारमा बनाएका थिए रे | त्यसैले उनीहरुले सल्लाह दिंदा सपनामा देखेको कुरालाई टिपोट बनाएर राख्न र त्यसबारे सोंच्न बताएको पाइन्छ | यसो भन्दैमा मैले मेरो सपनाको आधारमा मैले कुनै ठुलो कुरा पत्ता लगाएँ भन्न खोजेको पनि होइन र यो सपना अरुले नदेखेको सपना हो भन्न खोजेको पनि होइन | अहिले नै धेरै साइन्स फिक्सनहरुमा कल्पना गरिएका कुराहरु मध्येको एउटा घटना नै देखेको थिएँ | तर पनि विज्ञानको बिद्यार्थी भएको नाताले यो सपनाले मलाइ निकै उत्साहित बनायो | र यो पोस्टमा यसबारे लेख्दै छु |
सपनाको सुरुवात म अध्ययनरत पाटन कलेजमा भएको थियो | र बिनिल अर्याल ले एस्ट्रोफिजिक्स पढाउँदै हुनुहुन्थ्यो | त्यति बेला उहाँले एउटा अप्रत्यासित प्रस्ताब ल्याउनुभयो | कक्षाबाट ३ जना लाइ छानेर अन्तरिक्षमा अनुसन्धानको लागी लग्ने | त्यसमध्ये २ जना अरु साथीहरु संगै म पनि छानिएँ | र तुरुन्तै सुरु भो स्पेस को यात्रा | अचम्मको कुरा अन्तरिक्षमा जानको लागी कुनै रकेट चाहिएन | सामान्य लिफ्ट जस्तो देखिने उपकरणबाट नै अन्तरिक्षमा पुगियो त्यो पनि केहि मिनेट भित्र | अनि अन्तरिक्षमा भएको स्पेस सेन्टर पुग्दा लाग्थ्यो यो कुनै अनकन्टार ठाउँ होइन नेपालकै कुनै पाँचतारे होटल हो |
त्यहाँ पुगेपछि मलाइ एउटा अत्यास लाग्यो | म यहाँ त आएँ तर कसैलाई खबर गर्न पाएको छैन | यहाँ कति महिना बस्नु पर्ने हो | यसो आफ्नो मोबाइल झिकेर हेरेको अचम्म नेपालका दुवै नेटवर्क एन्सेल र नमस्ते मोबाइलले मज्जाले काम गर्ने रैछन | अनि पछि अर्को कुरा पनि थाहा भो हामीहरु त्यहाँ रातीको लागी बस्न मात्र आएको रे | हरेक बिहान पृथ्बी फर्किने र फेरी राती अन्तरिक्षमा फर्केर अनुसन्धान गर्ने |
प्रयोगात्मक कक्षाको दुर्दशा
मलाई मन पर्ने बैज्ञानिकमध्ये एक जना
बैज्ञानिक हुन मिचियो काकु | मैले सुने अनुसार उनले स्कुल पढ्दा नै
पार्टिकल एक्सिलेरेटर बनाएका थिए रे | दुखको कुरा बिज्ञान बिषयको औपचारिक
अध्ययन सकिने बेला सम्म पार्टिकल एक्सिलेरेटर बनाउने कल्पना त परै राखौं
राम्रो सँग यसलाई हेर्न समेत पाइएको छैन | अहिले स्नातकोत्तर दोश्रो बर्षको
प्रयोगात्मक कक्षा लिंदै गर्दा केहि तिता अनुभब मनमा आए | जसलाई यो पोस्ट
मार्फत व्यक्त गर्दै छु |
मैले
बिद्यालय अध्ययन गर्दाताका हाम्रो बिद्यालयमा भएका उपकरण भनेका चुम्बक,
राउण्ड बटम फ्लास्क, केहि टेस्ट ट्युब, स्प्रिट ल्याम्प, र लिटमस पेपर
मात्र थिए सायद | बिद्यालयमा यहि सामग्री मात्र प्रयोग गरेर केहि प्रयोग
बिज्ञान शिक्षकले गरेर देखाएका थिए | एसिड र अल्कालीको टेस्ट गर्न लिटमस
पेपरको प्रयोग, राउण्ड बटम फ्लास्क्को मुखमा ग्लास रड राखेर पानि तताउँदा
फैलिन्छ भन्ने प्रयोग, चुम्बकले उत्तर र दक्षिण देखाउँछ भन्ने प्रयोग र
केहि कुरा घोलिएको झोल पदार्थलाई तताउँदा त्यो घुलेको पदार्थ क्रिस्टलको
रुपमा निस्किन्छ भन्ने प्रयोग, मेरो पुरै स्कुल जीवनमा भएका प्रयोगात्मक
परिक्षण यत्ती मात्र थिए | यस मध्ये नुनपानी लाइ सुकाएर नुनको क्रिस्टल
निकाल्ने प्रयोग मात्र मैले आफै गरेको थिएँ त्यो पनि घरमा गएर |
Subscribe to:
Posts (Atom)