कथा: उ म र सपनाहरु

यो राज्ययन्त्र पुरै निकम्मा साबित भइसकेको छ। उसले यसो भन्दा उसमा बेग्लै खालको तेज थियो। जतिबेला हामीहरु त्यस्ता खालका भेलाहरुमा भाग लिन पनि डराउँथ्यौँ उसले भनेका यि सब्दहरुले हामीमा अझै डरको बाताबरण पैदा गरेको थियो। "साथिहरु यो समाज पुरै समस्याले भरिएको छ तर ति सबै समस्याको पछाडी सदियौँदेखिको बर्गिय सोषण प्रमुख जिम्मेबार छ। जबसम्म यि समस्या समाधान हुँदैनन तबसम्म सुन्दर संसारको सपना असम्भब छ।" हो यस्तै जोसिला कुराहरुले उसले हामिलाइ प्रभाबित बनाएको थियो। हो हामिमा बर्गिय सोषणको रुप सामाजिक अन्तरबिरोध जस्ता अनेकौँ जटिल प्रश्नसँग उसले हामिलाइ परिचित गराएको थियो।यसरी हाम्रो जीबनमा उ नयाँ उज्यालो बोकेर आएको थियो। हो यसरी हरेक समयमा हुने बैचारिक तथा दार्शनिक छलफल तथा सामाजिक परिबर्तनका लागि खेलिनुपर्ने भुमिकाहरुको बारेमा पनि बिचार बिमर्श हुन थालेको थियो। साच्चै उ अभुतपुर्ब मानिस थियो जसको प्रभाब गाँउका लगभग सबै युबामा परेको थियो तर गाँउका कतिपय मानिस उसको लगभग बिरद्धमा थिए। उनिहरु उसको बैचारिक प्रतिबाद गर्न त सक्दैनथे तर पनि कैँयौ कुराबाट उसलाइ अबरोध गर्दथे। यसैक्रममा मैले उसलाइ सोधेको थिएँ "तपाईँलाइ यि सबै कुरासँग जुध्दा गार्हो लाग्दैन?" त्यसको जबाफमा उसले भनेको थियो "साथी सागरमा पौड्न आँट्ने मान्छे पहिला नै छालसँग जुध्ने आँट गरेको हुनुपर्छ अन्यथा उ छालमा हराउने छ तर छालसँग जुध्ने आँट राख्नेहरुका लागि सागर केहि पनि होइन।
उसको यो जबाफ लगभग मेरो प्रस्नको पुर्ण उत्तर थियो।
यसरी हिँड्दा हिड्दै संघर्षका रुप चर्कन थाले र कठोर र बिपरित अबस्थाको सामना हामिले गर्न थाल्यौँ। हप्तौँसम्म भोकै हिँड्नु सुत्न नपाउनु कतिबेला कताबाट राज्यको फन्दामा परिने हो भन्ने डरका घडि आउन थाले तर पनि उसको एउटा बाक्य हाम्रै सबै आधार बन्थ्यो। साच्चै उसको एक एक बोलि हामीलाइ साहसी बन्न सिकाउथ्यो। यसै क्रममा उसले एकदिन भनेको थियो "साथिहरु आगोमा हाल्दा सुन मात्रै बाँकि रहन्छ सुनमा रहेका सबै बिकार जलेर नष्ट हुन्छ सुनमा मात्रै आगोसँग जुध्ने आँट हुन्छ त्यसैले सन महत्वपुर्ण धातु मानिन्छ त्यसैगरी समाज परिबर्तनको यो आगोको हिडाइमा कायरहरु भाग्छन पलायन हुन्छध तर सच्चा क्रान्तीकारी मात्र अन्त्यसम्म जुध्न सक्छन। तपाइँहरु बाटो रोज्न सक्नुहुन्छ पलायनको या संघर्षको। जसले संघर्षको ज्वाला खप्ने आँट गर्दैन उ हामी सँग नरहन स्वतन्त्र छ तर निश्चित छ इतिहाँसले उसलाइ बिकार साबित गरिदिनेछ" हो यो भनाइ पछी कम्तीमा आफुलाइ बिकार नबनाउनको लागि पनि हरेक युवा उसँगै लाग्ने प्रण गर्थे। यसरी हिँड्दा हाम्रा साथीहरु मारीन्थे कतिपय गिरफ्तार मा पर्थे यसै क्रममा गाउँको एउटा होनहार साथी मारिदा उसले भनेको थियो "साथिहरु हामी जुन बाटोमा हिडेका छौँ त्यो बाटोमा पाइला पाइलामा मृत्युको छायाँ छ। हामीहरुमध्ये कोही पनि मारीन सक्छौँ तर के हामी घरमै बसेर सुरक्षित छौँ त? कुनै पनि बेला कुनै पनि दुर्घटनामा हामी मर्न पनि त सक्छौँ। मरिने डरले घरमा बस्नुको अर्थ पल पल मा मारिनु हो। त्यो भन्दा बरु अहिले हामी मारीए पनि छोरा नातिलाइ सुन्दर संसार दिन सक्यौँ भने त्यो उत्कृष्ट मृत्यु हुनेछ।
यसरी नै संघर्ष चर्कदो थियो। संघर्ष चरम अबस्थामा पुगेपछी राज्यमा परिबर्तनको अबस्था तयार भयो। यसरी मुलुकले परिबर्तनको अबस्था अँगाल्दा उ अत्यन्तै हर्सित थियो। त्यसदिन उसले भनेको थियो " यो एउटा कठिन खुड्किलो हामीले पार गरेका छौँ। यसरी अनेक खुड्किला पार गर्दै गयौँ भने हामी एकदिन पक्कै लक्ष्यमा पुग्ने छौँ।
तर यो खुसी धेरै दिन टिकेन। नयाँ परिस्थिती आउने बित्तिकै हाम्रो समुहमा धेरै बिकृती आए। हिँजॅ हाम्रो सबैभन्दा बिरोध गर्नेहरु आज सबैभन्दा परिबर्तनगामी भए। यसै क्रममा भैले एकदिन उसलाइ सोधेको थिएँ मित्र यो सब के भइरहेको छ, उसले भनेको थियो "साथि समाजमानै पार्टीको अस्तित्व हुन्छ। समाजबाहिर पार्टीको कुनै अस्तित्व हुन सक्दैन। समाजका बिकृती हामीमा त छन भने पार्टी यसको निरपेक्ष रहन सक्दैन। समाज परिबर्तन हुँदै जादा सब ठिक हुनेछ।
धेरै समयपछी आज उसँग फेरी भेट भयो। तर उ मसँग भेट हुनासाथ रुन पो थाल्यो। बुझ्दै जाँदा थाहा भयो पार्टीभित्र का बिसंगतीको बिरुद्ध संघर्स गर्दा उसलाइ पार्टीभित्र कारबाही भएछ। उ भन्दै थियो "साथी हामी र हाम्रा साथिहरुको बलिदान खेर जाने छैन। हो कुनैबेला कुनै नेताले देश र जनतालाइ धोका देलान त्यसको अर्थ यो होइन कि सबै मान्छे खराब हुन्छन। अब जनताको आन्दोलनको नेतृत्व नेताले होइन जनताले नै गर्नेछन तबमात्र साँचो जनताको ब्यबस्था निर्माण हुनेछ त्यतिबेला सम्म हाम्रो आन्दोलन जारी रहनेछ के मित्र तपाइँ त्यसको लागि तयार हुनुहुन्छ"? उ जानुपुर्ब मैले आफु परिबर्तनका हरेक संघर्षमा तयार रहने बताएपछी उ पुन पुरानै जोसका साथ अंकमाल गर्यो र आफु जुझारु युवालाइ पुन एकबद्ध बनाउन हिडेको बतायो।
उ पर गइरहँदा मेरो मोबाइलमा गित बजिरहेको थियो

सागर भेट्न जाँदैछ नदि पौडि खेल्दै जाउ
पानीमा खेल्ने माछी तिमी पौडी खेल्दे जाउ
पहराले छेके पनि पहिरोले रोके पनि
सागर भेट्न जाँदैछ नदी सँगैसँगै जाउ

जाल थापी हिँड्ने जलहरीको पासोमा कतै नपस्नु है
दुष्टले तिमीलाइ झुक्याइदेला बल्छीमा कतै नफस्नु है
पानीमा खेल्ने माछी तिमी पौडी खेल्दै जाउ

फुटेझै हुन्छ नदी कतै बगर हरुमा सुक्नलाई
टुटेझैँ हुन्छ नदी कतै ढाँडहरुमा लुक्नलाइ
पानीमा खेल्ने माछी तिमी चाल्दै चाल्दै जाउ

ज्वारभाटासँग जुध्नुछ भोली भुवरीसँग खेल्दै जाउ
सुखको सागर भेटिन्छ एकदिन यो दु:खी जीवन झेल्दै जाउ
पानीमा खेल्ने माछी तिमी पौडी खेल्दै जाउ

सागर भेट्न जाँदैछ नदि पौडि खेल्दै जाउ
पानीमा खेल्ने माछी तिमी पौडी खेल्दे जाउ
पहराले छेके पनि पहिरोले रोके पनि
सागर भेट्न जाँदैछ नदी सँगैसँगै जाउ
बिचमा कतै नहराउ