गजल

तिम्रो चन्चले मन भएर बिग्रियो
मेरो बेहोसी झन भएर बिग्रियो

मर्यादाका सिमा टुट्ने थिएनन की
दुइ उन्मुक्त यौबन भएर बिग्रियो

डर हुन्थ्यो कतै कुरा चुहिएला की
हाम्रो बाटो निर्जन भएर बिग्रियो

समाजका काँडा रोक्न तम्सिन्थै
फुलजस्तो त्यो तन भएर बिग्रियो

कायर थियो मन जंगमा डराउथ्यो
हाम्रो मोर्चा गठन भएर बिग्रियो