TO MY HEART ESPICIALLY

मेरो रहरको तस्बिर तिम्रो नजरमा पाउँ
मेरो जीबनको ज्योति तिम्रो अधरमा पाउँ

सारा संसारले यदी साथ छोडेछ भने पनि
पाउ राख्न ठाउँ तिम्रो सहरमा पाउँ

तिम्रो माया पाउन मर्नु परेनि ठिक छ
तर तिम्रो मिठो माया जहरमा पाउँ

संसारले जे सोच्छ त्यो जीम्मा उसैलाइ
मेरो मायाँको प्राप्ती तिम्रो रहरमा पाउँ

अरु सपना छैन जीन्दगिमा कुनै
आँखामा तिम्रो तस्बिर हरेक प्रहरमा पाउँ