राष्ट्र को संबेदनशिल अबस्था र हामी



आज देश अत्यन्तै सम्बेदनशिल घडिमा छ। संबिधानशभाको चुनाबपछी जनताले आशा
गरेभन्दा ठ्याक्कै उल्टो, इतिहासकै नालायक सरकारले देशको जिम्मेबारी
लिएको अबस्था छ। सान्ती सुरक्षा कहाली लाग्दो अबस्थामा पुगेको छ। महँगीले
आकाश छोएको छ। अराजकता बढेको छ। सरकार तथा ठुला भनाउँदा पार्टीद्वारा
संरक्षित गुण्डाको गुण्डागर्दी बढ्दो छ। यि सबै त तत्कालिन समस्या भए।
तत्काल नभए पनि चिरकालमा देशले पक्कै यि समस्याबाट मुक्ति पाउने छन। तर
आजको मुख्य समस्या अर्को मुख्य बिषय बनेको छ। प्रचण्डको बानेश्वर भाषणपछी
सार्बजनिक रुपमै आएको भए पनि लगभग सबैलाइ थाहा भएको कुरा के हो भने भारत
हाम्रो छिमेकी भएपनि असल छिमेकी कहिल्यै भएन। आफ्नो स्वार्थमा आधारित भएर
नेपालमा राजनितिक गोटि चाल्ने भारतको पुरानो रणनिति हो। बिरेन्द्रले
चिनबाट हतियार ल्याउने भएपछि नाकाबन्दी गरेको मात्र नभइ ज्ञानेन्द्रले
चिनलाइ सार्कमा स्थान दिनुपर्ने तर्क राखेपछि १२ बुँदे समझदारीको पहल
गरेको पनि सबैलाइ थाहा भएकै कुरा हो।
तर लोकतन्त्र आएपछि पनि भारतको यो
रबैया प्रति नेपालका पार्टी सचेत बन्न सकेनन बरु आफ्नो सरकार टिकाउन
भारतिय राजदुत भेट्ने देखि हरतरहका काम गर्दै भारतिय हस्तक्षेपलाइ
बैधानिकता दिँदै गए। अर्कोतर्फ भारत नेपाली एकता टुक्राउनु नै आफ्नो
नेपालको प्रभुत्व जमाउने एकमात्र दिर्घकालीन उपाय हो भन्नै नितीका साथ
नेपाली पार्टीलाइ उपयोग गर्दै गयो जसको परिणाम आयो जातिय तथा छेत्रिय
आन्दोलन। जातिय आन्दोलनको बिकरान परिणाम राष्ट्र बिखण्डन अथवा ब्यापक
नरसंहार भन्नै बिश्व इतिहासको नजिर प्रति आँखा चिम्लदै जातिय संघियता को
वकालत गर्दै आएको एनेकपा (माओबादी) एक मधेस नरहे एक नेपाल पनि नरहने
चेतावनी दिने तराइ केन्द्रित केन्द्रीत पार्टीहरु र आफ्नो मौलिक एजेण्डा
बिहिन र माओबादीको एजेण्डाको आलोचनामै आफ्नो अस्तित्व देख्ने काङ्ग्रेस
तथा एमालेको अकर्मण्यताको कारण देश क्रमस बिखण्डन र बिलय तर्फ जाँदैगरेको
तर्फ आँखा चिम्लन नसकिने अबस्था छ। कतिपय जातिय संगठनले आफ्नो
कार्यक्रममा नेपालको नक्सा नभइ आफ्नो प्रस्ताबित नक्सा मात्र राख्न
थालिसकेका छन भने अर्को तर्फ प्रस्ताबित संघिय मोडलमा पनि सिमा बिबाद
आइरहेका छन। अर्कोतर्फ संघिय मोडलमा आफ्नो नाम किटान नभएका ब्राम्हण तथा
क्षत्री जातिय संघियताको बिरोधमा आन्दोलनको बिपक्षमा उत्रिसकेका छन भने
अन्य जाती पनि आफुले पनि प्रदेश पाउनुपर्ने माग गर्न थालेका छन। राष्ट्र
पुननिर्माण जातिय नभइ रास्ट्रको आधारमा हुने माओबादि रटान भएपनि आमनेपाली
जनताको चेतनास्तर जात र राष्ट्र बिच फरक छुट्याउने सम्मको छैन। जसले
गर्दा जातिय नाम दिइए सम्म उनिहरु प्रदेश जातिय आधारमा भएको बुझ्नेछन।
यसरि एक थरि जातिय राज्यको बिरोधी, एक थरि आफुले राज्य पाएको उन्माद र
अर्को थरीको राज्य नपाएको आक्रोशको अबस्थामा आउने परिणाम कल्पना गर्दा
पनि डर लाग्ने स्थिती छ। अर्थात ब्यापक रक्तपात र राष्ट्र बिखण्डन सम्म
हुनसक्ने यस अस्त्रको बिकल्प हाम्रा ठुला पार्टीले सोँचेको अबस्था छैन।
बिकेन्द्रिकरणका अन्य उपाय हुँदाहुँदै संघियता नभए प्रलय हुने अतिबादि
सोँचको सिकार नेपाल हुन सक्छ। देश जोगाउने जिम्मा हाम्रो हो तसर्थ देश
लाइ कम जोखिम र क्षतिमै पुनसंरचना गरी आम जनतालाइ परिबर्तनको आभास दिने
खालको मोडल को बारेमा आजै देखी बहस थालौँ।