कथा उस्तै उस्तै

राज ढल्यो ताज ढल्यो प्रथा उस्तै उस्तै
गरिबको बुकुरोको कथा उस्तै उस्तै

राजालाइ बिर्साउँदै हिड्न थाले नेता
तिनका पछि लागि हिँड्ने जत्था उस्तै उस्तै

चाकरी र चाप्लुसि उहि दमन र सोषण उहि
राष्ट्रघात उस्तै उस्तै सत्ता उस्तै उस्तै