नालायक नेताहरु र रुकुमका धनबहादुर

रुकुमका नागरिक धनबहादुर ओलीको परिवारले दर्दनाक रुपले सामुहिक
आत्महत्या गर्दा नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक समाजबाद सरकार
परिबर्तन गर्ने कि नगर्ने भन्ने बिबादमा मस्त थियो होला। एमालेको जबज
सरकार टिकाउन हर तरहका हत्कण्ड मच्चाउने ओली माधब पक्ष तथा सरकार ढाल्न
उद्धत खनाल गौतम पक्ष को दोहोरीमा रमाउँदै थियो होला। माओबादीको जनबादी
क्रान्ती चाहीँ नागरिक सर्बोच्चताको च्यादर ओढेर प्रधानमन्त्रीको
कुर्सीमा आँखा गाढेर बसेको थियो होला। जनतालाइ लोकतान्त्रीक सम्बिधान
दिने बाचा गर्ने ६०१ जनाको बगाल भत्ताको आडमा कुन सिडियो या सरकारी
कर्मचारी कुट्ने भन्ने योजना बनाउनमै ब्यस्त थियो होला।
के यि नालायक ले
यो समाचार सुनेर एकपल्ट सुइयँ सुस्केरा फालेहोलान। जनताको दुख नसकिएको
देखेर के एकपल्ट आफ्ना बाचाको स्मरण गरेका होलान? यि नालायक ले यति गरे त
देश पक्कै केहि फरक भईसक्थ्यो तर खै हाम्रा नेता ले कुकुरको पुच्छर सँग
जोडिएको उखान पनि फेरिदिने भए कि जस्तो लाग्न थाल्यो (२५ बर्ष सरकारमा
राख्यो नेताको बानी उस्ताको उस्तै)
फेरिएनौ नेता फेरिएनौ। राजाको लात देख्यौ जनताले पनि लगभग साथ छाडिसकेका
थिए फेरि पनि राजा भन्दा तिमीहरु नजिक ठाने जनताले। अझ माओबादी त जनबादी
क्रान्ती गर्छौँ भन्ने हरु नयाँ र केहि गरौला भनेर जनताले ठुलै भाग दिएका
थिए। आज जनताको त्यो आशा बिर्सेर यति छिटै त्यहि कुर्सीको लागी लडौला
भन्ने कसले सोचेको थियो होलार। बरु खाए पनि जनताको काम गरेरै खाएको भए
जनताको बिश्वास त उड्ने थिएन। कुरा एउटा परिवार को होइन। कुरा धनबहादुर
ओलीको मात्र होइन। सिङ्गो देशका जनताको दुराबस्थाको हो। कैयौँ भोका
पेटहरुको हो। हजारौँ नाङ्गा जिउको हो। एकजना ब्यक्तिले भनेका छन जाँगर
नलाएर र साहस नभएर संसारका ९०% प्रतिशत आत्महत्या रोकिन्छन। ति ९०%
मरिमरि बाच्दा एक्लै राक्षसले जस्तो हसुर्न त लाज मान्ने गर कम्तिमा।
एकपल्ट सोँचत सामुहिक आत्महत्या जस्तो क्रुर बाटो रोज्नु अगाडी कती आँसु
बगेहोलान। कति पिडा थियो होला ति निर्दोस मुटुहरुमा। ए नेताहरु तिम्रो
मानबिय सम्बेदना जिबित छ कि सकिसक्यो। अलिकति पनि भाबना बाँकि छ भने त
तिमीले खाएका हरेक गासमा धनबहादुरको परिवारको आँसु देख्नु पर्ने हो।
तिम्रा बिलासितामा धनबहादुरका पिडा देखिनुपर्ने हो। छैन तिम्रा मनमा
भाबना भन्ने चिज पटक्कै छैन। थुक्क तिमीहरु।
देश तिमीहरुको पेवा ठान्छौ कि क्या हो। याद गर र हेर हिटलर, मोसोलिनी,
इदि अमिन, पोलपोट, ज्ञानेन्द्र। आफ्नो इतिहाँस कस्तो चाहान्छौ? तिम्रो
हातमा यतिखेर आफ्नै भबिस्य छ । र हामी फेरी पनि बिस्तारै मुठी कस्दै छौँ।