कबिता: चस्मा र संसार

म एउटा हात तातो पानिमा चोप्छु
अर्को हात बरफ मा राख्छु
अनि दुबै हात चिसो पानिमा राख्छु
यसरी राख्दा एउटा हातले भन्छ
पानि चिसो छ
अर्को हातले भन्छ पानि चिसो छ
यसरी म आफ्ना दुबै हातको
न्यायधिस बन्न बाध्य बन्छु
दुबै हातको सत्यता जाँच्न बाध्य हुन्छु
एक हातको तर्क सुन्छु
उ भन्छ पानि चिसो छ
म भन्छु तेरो कुरा ठिकै हो
पानि पक्कै चिसो छ
अब अर्को हातलाइ सोध्छु
उ भन्छ पानि तातो छ
पानि तातो भएको पनि ठिकै हो
म भन्छु
अब दुबै प्रस्न गर्छन
कसरी दुबै ठिक हुन्छ?
कि पानि तातो हुनु पर्छ
कि चिसो
यसरि मेरो अनुभबमा पानि एकैपटक तातो र चिसो बनेको छ
पानि दुइथरी बनेको छ
मित्र


हो यसरी नै बन्छ
मेरो संसार सुन्दर र तिम्रो संसार कुरुप
अनि मेरो संसार कुरुप र तिम्रो संसार सुन्दर
तिमी आफ्नो आँखाबाट आफ्नो चस्मा निकाल
म आफ्नो आँखाबाट आफ्नो चस्मा निकाल्छु
अनि हामी दुबैको संसार बन्नेछ सुन्दर मात्र सुन्दर