कम्युनिष्ट हरु कम्युनिष्ट नरहेपछी

बर्गिय मुक्तीका सपना, सोषण रहित समाज यस्तै यस्तै कुरा हरु मानिसका
आदर्श समाजका परिकल्पना हुन। कम्युनिष्ट घोषणापत्र जारी भएपछी अहिलेसम्म
बिभिन्न देशमा बिभिन्न पार्टीले आफुलाइ कम्युनिष्ट बताउँदै बर्गिय संघर्ष
मार्फत समाज परिबर्तन गर्ने भनी अनेकौँ संघर्ष चलाएको प्रष्ट देखिन्छ। तर
फेरी किन ति देशमा बर्गिय समस्या हल हुन सकेन? किन ति देशमा पुन बर्गिय
समाजको पुनर्स्थापना भयो? यि यस्ता प्रश्न हुन जसको जबाफ समयमै खोजिएन
भने कम्युनिष्ट ब्यबस्थाको सपना सपना मै सिमित हुनेछ।
अहिलेसम्म बिश्व कम्युनिष्ट आन्दोलनमा आएको समस्या भनेको नेता तथा
कार्यकर्ताको चिन्तनसैलीमा रहेको निम्नपुँजीबादी चिन्तन प्रमुख रहेको
पाइन्छ। बुझ्नुपर्ने कुरा के छ भने कम्युनिष्ट बन्नु र कम्युनिष्ट
पार्टीको कार्यकर्ता बन्नु दुइ फरक कुरा हुन। कम्युनिष्ट बन्नु भनेको
सर्बहारा चिन्तनले ओतप्रोत भएर समस्त सोषित पिडित जनताको हितमा काम गर्छु
भनि अन्तरमनबाट प्रतिज्ञा गर्नु हो भने कार्यकर्ता मात्र बन्नु भनेको
कुनै निहित स्वार्थ पुर्तीको लागि कम्युनिष्ट पार्टीप्रती आबद्ध बन्नु
(प्रतिबद्ध होइन) हो। यो प्रकारको चिन्तनसैलीले कम्युनिष्ट पार्टीलाइ
क्रमश बिचलन तर्फ डोर्याउँदै पार्टीलाइ बुर्जुवाकरणतर्फ बढाउने काम गर्छ।
नेपालको सन्दर्भमा हेर्दा पनि नेपालमा धेरै कम्युनिष्ट पार्टी छन। ति सबै
पार्टीको नेतृत्व कम्युनिष्ट आन्दोलन प्रती कती इमान्दार छन भन्ने तर्फ
नजाँदा हरेक पार्टी भित्र इमान्दार सदस्यको संख्या थोरै या धेरै भएपनी
उपस्थीत छ। तर ठुला कम्युनिष्ट पार्टीको हकमा ति पार्टीमा अबसर देखेपछी
प्रबेश गर्ने जत्था असाध्यै ठुलो छ। र ति नबप्रबेसी कम्युनिष्ट चिन्तन
भन्दा बढी बुर्जुवा सोँचले ओतप्रोत हुन्छन र पार्टीलाइ क्रमस बुर्जुवाकरण
गराएको तथ्य भेटिन्छ। हिँजो एमाले ले त्यो मार खेप्यो आज माओबादी त्यहि
बाटोमा जाँदैछ। ति नबप्रबेसी कार्यकर्ता चाकडीमा बिश्वास गर्छन( चाकडी
बुर्जुवा पार्टीको बिशेषता हो कम्युनिष्टको होइन) र नेताको नजिक बन्न
खोज्छन। अनि बिस्तारै नेतालाइ पनि बुर्जुवा चिन्तनले ओतप्रोत बनाउँछन।
यस्ता कार्यकर्ताले कम्युनिष्ट पार्टीलाइ नाम मात्रको कम्युनिष्ट
बनाइदिन्छन। त्यसैले कम्युनिष्ट आन्दोलन बचाउने हो भने पहिला यि
नाममात्रका कम्युनिष्ट बाट कम्युनिष्ट पार्टीलाइ बचाएर लानु आबस्यक छ।