मणि हराएको गाउँ

अध्यारो निष्कपट कालरात्रीमा
उज्यालोको आशाको किरण बन्दै
तमाम गाँउबासीको अगाध आस्थाको केन्द्र बन्दै
निरन्तर चमचम चम्किरहेको मणी
त्यो मणी
खोसियो मध्यरातमा
सटासुटु लुटियो
कसैले थाहा समेत पाएन
जब आभास पायो
उसको उज्यालो रोकिएको छ
तब त्यो मणि लुटिइसकेको थियो
आफ्ना अगाध प्रेमका मिठा किरण
गाँउबासीको हितमा छाड्दै
आफ्ना सबै गुणहरु
सबैलाइ समानरुपमा बाँड्दा बाँड्दै
थाहै नपाइ हरायो
यसरी गाँउको एउटा सम्पति हरायो
यसरी गाँउको एउटा छहारी हरायो
यसरी गाउँको एउटा मणी हरायो
यसरी हराउँदै छन देशका एक एक गाउँले एक एक मणिहरु
यसरी गाँउ उज्यालो बिहिन बन्दै
र अध्यारो कालरात्रीमा गुम्सिदै
हराइरहेछन मणीहरु
हराइरहेछन राममणी हरु
(तत्कालिन नेकपा माओबादी बाट हत्या गरिएका अर्घाखाँची केरुङ्गा एक निबासी
स्व. राममणी ज्ञवालीको सम्झनामा ०६४/१२/४ मा लेखेको कबिता)