बिद्यालय कि पसल

नयाँ शैक्षिक सत्र सुरू हुँदैछ। बिद्यालय क्रमश आफ्नो प्रचार गर्ने कार्यमा अगाडी बढ्दै छन। देशको भाबि संरचनाका नायक आजका स्कुल स्तरका बिद्यार्थीको भबिष्य सँग जोडिएका कैयौँ निजी बिद्यालय को अबस्था बारे धेरै बताइरहन पर्ने आबस्यकता छैन। लगभग सबैले बुझेको कुरा हो कि निजी बिद्यालयमा पढाइ भन्दा ब्यापार बढि हुन्छ। त्यसबारे धेरै कुरा गर्न आबस्यक छैन। तर म केहि दिन अघी आफैले भोगेको
घटना भएकोले म ब्लगमा लेख्ने सुर कसेको छु।
केहि दिन अघी एक पब्लिकेसन ले मलाइ कक्षा ८ को अतिरिक्त गणित को पुस्तक लेख्न आग्रह गर्दै बोलाएको थियो। ब्यक्तिगत चिनजान को आधारमा गरिएको उक्त आमन्त्रण पछि म त्यो पब्लिकेसन मा गएँ तर मेरो मनमा उठेको प्रश्न के थियो भने सरकारी बिद्यालय लाइ लक्षित गरेर निकाल्न लागिएको उक्त पुस्तक
को उपयोगिता के? किनकी सरकारी बिद्यालयमा सरकारी पाठ्यक्रम र जनक शिक्षा सामग्री केन्द्र को पुस्तक मात्रै पढाइने चलन थियो। तर त्यहाँ पुगेर कुरा सुनेपछी म आश्चर्यचकित परेँ। त्यहाँ भन्दै थिए फल्नो जिल्ला का ३/४ स्रोत ब्यक्ति मेरा मान्छे छन। जिल्लामा कुन किताब लगाउने भनेर बहस गर्न लगाउने र ति स्रोत ब्यक्तिको बिद्यालयमा कम्प्युटर राखिदिने भनेपछी त जिल्लामा हाम्रो मात्रै किताब बिक्ने छ। यसरी पब्लिकेसनको आफ्नो पुस्तक चलाउने तरिका उनले मलाइ खुलस्त बताए। सोच्नुपर्ने कुरा यो छ कि त्यसरी लगाइएका किताबको गुणस्तर कस्तो होला। कति अपारदर्शी तरिकाले किताब लगाइएका होलान र त्यसमा कति को खेल होला? अझ युनिफर्म, शैक्षिक सामाग्री लगायत को पारदर्शिता के होला? बिद्यार्थीबाट पैसा लिएपछी त गुणस्तरीय शिक्षा दिनुपर्ने तर ठाडै यसरी ब्यापारमा लागेपछी हाम्रो देशको भबिस्य कता जाला? खै कसले सोँच्ने यो कुरा?