सत्ता कब्जा भ्रम र वास्तविकता

२०५२ सालमा जनवादी राज्य स्थापनार्थ शुरु गरिएको शसस्त्र संघर्ष १२ वुदे समझदारीसँगै लोकतान्त्रीक धारमा रुपान्तरण गर्ने प्रतिवद्धतासँगै समाप्त गरिएको भनिएतापनि माओवादीको रणनैतीक लक्ष्य भने अझै पनि राज्यसत्ता कब्जाको लागि जनवादी क्रान्ति नै हो । कहिले शक्तिखोर भिडीयो प्रकरणमा त कहिले खुलामाचका गर्जनवाट प्रचण्डले यसको खुलासा गरेकै हुन । त्यसैको नयाँ संस्करणको रुपमा अहिले माओवादी सहरी जनविद्रोहको उपाय मार्फत सत्ता कब्जाको अभियानमा लागेको र वाह्य रुपमा त्यसलाई नागरीक सर्वोच्चता र संविधान लेखनको लेप लगाइएको प्रष्ट छ । के माओवादीले क्रान्तिलाई निर्णायक चरणमा पुर् याएको हो या यो उसको क्रान्तिकारीताको खोललाई वचाउने उपाय हो । यी अहिलेका विचारणीय प्रश्न हुन ।
माओवादीको अहिले सम्मको इतिहास वस्तुगत विश्लेषणको आधारमा नभई मनोगत निर्णयका आधारमा हुदै गइरहेका छन् । जनयुद्धको उठान उक्त वामपन्थि भएको मोहन विक्रम र नारयणकाजीको निष्कर्ष २०६३ मा प्रमाणित गरेर माओवादीले आफ्नो मनोगत उत्तेजनात्मक प्रवृत्तिको पुष्टि मात्र गरेन क्रान्तिकारीताको आफ्नो आडम्वर पनि विस्रजन गर् यो । कम्युनिष्ट आन्दोलनको राम्रो अध्ययन भएका व्यक्तिले यो कुरा प्रष्ट सँग बुझेका छन् । तर नव प्रवेशि माओवादीहरु यो कुरामा अनविज्ञ नै देखिन्छन् । जनयुद्ध कालमा संघर्ष गरेका पार्टीका कर्मठ कार्यकर्ताहरु पाखा लाग्दै गरेको परिस्थितिमा माओवादीलाई नयाँ कार्यकर्तालाई क्रान्तिका कुरामा भुलाउन खासै गाह्रोान परेको देखिदैन । त्यसैले पनि उसलाई क्रान्तिकारी गफ हान्न सजिलो भएको हो । तर के सत्रा कब्जा क्रान्तिकारी र बस्तुगत आवश्यकता हो । विचार गर्नु पर्ने आवश्यकता छ ।
माओवादी आन्दोलन विशेषत सत्ता राजनीतिमा केन्द्रीत छ । आफु प्रध्ानमन्त्री भए मात्र सबै कुरा ठिक हुने प्रचण्डवाडी त्यसको उदाहरण हो । त्यसैले माओवादी आन्दोलन राष्ट्रवादी र जनवादी जभई सत्तावादी बन्दै गइरहेको प्रष्ट छ । कार्यकर्तामाझ रणनीति र कार्यनीतिका वखान गरेपनि साचो कुरा यहि हो । त्यसैले माओवादी क्रान्तिकारी आन्दोलनमा जिम्मेवार देखिएको छैन बरु नेताहरुको क्यारीरिष्ट सोचपूर्ति गर्नको लागि आफ्नो वचेखुचेको क्रातिकारीता पनि भ्रष्ट गर्दै गएको छ । अर्कोतर्फ मोहन विक्रम र अहिले माओवादीका उपाध्यक्ष समेत रहेका प्रकाशले २०५२ सालमा गरेको विश्लेषण संझना गर्दा अझै पनि क्रान्तिको परिस्थिति तयार नभएको भन्ने तर्क अझै पुरानो भैसकेको छैन । क्रान्तिको लागि आन्तरीक परिस्थिति तयार हुँदासमेत पनि वाह्य कारणले क्रान्तिपूर्ण हुन नसक्ने विश्लेषणलाई सहि या गलत दुवै छुट्टयाइएको छैन । त्यसकारण माओवादी सत्ता कब्जाको नीति मनोगत तर्क मात्र हुन जानेछ ।
कुनै पनि क्रान्ति सफल पार्नको लागि सच्चा र सिद्धान्तनिष्ट कार्यकर्ताको आवश्यकता पर्दछ । माक्स्रले भनेका छन्- क्रान्तिलाई निर्णायक चरणमा पुर् याउने सचेत सर्वहाराले हो र कम्युनिष्ट पार्टीको शक्ति सचेत सर्वहारा नै हुन पार्टी जतिसुकै ठूलो भएपनि पार्टीको वास्तविक शक्ति तिनै कार्यक्रता हुन तर माओवादीमा सच्चा र सचेत कार्यकर्ताको नै कमि छ । त्यसैले सत्ता कब्जापछि पनि सच्चा कार्यकर्ताको अभावमा क्रान्ति समाजवादतर्फ होइन फासिवाद तर्फ जानसक्नेछ ।
तयसैले माओवादी रणनीति बस्तुगत परिस्थितिको आधारमा नभै सत्ताको लोभमा वढदै गएको प्रष्ट छ र यसले सर्वहाराको होइन फासिवादी अधिनायकत्व स्थापना गर्नेछ ।