एउटा अनुत्तरित प्रस्न

त्रिचन्द्र कलेज भित्र स्वबियु भबन र क्यान्टिन को बिचमा बीपी पुस्तकालय देखिन्छ। २०६० सालमा त्रिचन्द्र कलेजमा आइएस्सी पढ्न छिर्दै गर्दा त्रिचन्द्रमा मलाइ सभैभन्दा मन परेको
स्थान नै बीपी पुस्तकालय थियो। दिनदिनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रिका पढ्न पाइने तथा अन्य पुस्तक पनि पढ्न पाइने हुँदा मेरो फुर्सदको समय गुजार्ने ठाउँ बीपी पुस्तकालय बनेको थियो। तर दोस्रो बर्ष पढ्दा पढ्दै त्यो पुस्तकालय बन्द भयो। आर्थिक कारण देखाएर बन्द गरिएको उक्त पुस्तकालय पुन सञ्चालन गर्ने भनेर नेताहरुले धेरै नै आस्वासन दिए तर मैले बिएस्सी सक्दा सम्म पनि पुस्तकालय पुन सञ्चालन भएन। तर पनि कुनै दिन पुस्तकालय खुल्ला भन्ने आसा बाँकी नै थियो। तर आज जब म धेरै दिन पछि कलेज पुगेँ त्यो आशा भताभुङ्ग भयो। कारण त्यो पुस्तकालय त अब ध्वस्त भइसकेको रहेछ।
त्रिचन्द्र कलेज पहिल्यैदेखी बिद्यार्थी राजनितीको आडमा गरिने गुण्डागर्दीको लागि प्रख्यात नाम हो। बर्षमा दुइ देखी तिन वटा झडप त्रिचन्द्रको लागी सामान्य बन्दै गएका छन। टेण्डर बिबाद मा गोली समेत चलिसकेको क्याम्पसमा अस्ती भर्खर समाचारमा दुइ बिद्यार्थी संगठन बिचको बिबाद को समाचारले खासै प्रभाब पारेको थिएन। अर्को दिन स्वबियु भबन र क्यान्टिन ध्वस्त पारिएको खबर आउँदा पनि मलाइ खासै नौलो लागेन। तर आज बीपी पुस्तकालय भित्र छिरेर हेर्दा मन बिह्वल भयो। आफुले बसेर पढ्ने गरेका बेञ्च टेबल साथै कुनै समय मा मैले पढेका पत्रिका र पुस्तकहरु कतिपय पुर्ण रुपमा ध्वस्त थिए र कतिपय भुइँमा छरपष्ट थिए। पुस्तकालयको पुर्ण निरिक्षण गर्न तिनै पत्रिका र पुस्तकको थुप्रो टेक्नु पर्थ्यो जुन मबाट हुन सकेन। अमिलो मन लगाएर बाहिर आएर उक्त कार्य मा संलग्न बिद्यार्थी संगठन का नेतत्व कर्ता सँग प्रस्न गर्दा उनिहरुले आफु माथि भएको आक्रमण लाइ ठुलो देखाएर जोगिने प्रयास गरे। तर जतिसुकै जायज ठहराए पनि पुस्तकालय जलाउने कार्य नाजायज नै हो र त्यसलाइ कहिल्यै जायज ठहराउन सकिनै छैन। र एउटा प्रश्न पुस्तकालय जलाउने हरुसँग आफुलाइ बिद्यार्थी नेता बताउन नैतिक अधिकार हुन्छ त? यो प्रश्न चाहिँ यो पोष्ट गर्दा सम्म अनिर्णित नै छ।