सान्ति र्‍यालीले दिएको सन्देस

तिनिहरु बाग्लुङतिरबाट उठाएर ल्याएका जनता थिएनन। तिनिहरु दाङतिरबाट झुठा सपना देखाएर ओसारिएका जनता पनि थिएनन। तिनिहरु रामेछापतिरबाट आएका जनता पनि थिएनन। तेस्रो जनआन्दोलन नाम दिइएको तर जनता नै पर्ख र हेर भन्नै चनाखो भएर नियालिरहेको आन्दोलन ले आफ्नो गास नै काटिने स्थिती पैदा भएपछी स्वतस्फुर्त रुपमा आएका जनता थिए। अध्यक्ष कमरेड प्रचण्ड तपाइँको जनताको परिभासा भित्र ति नपर्लान। सामन्तबाद र साम्राज्यबाद बिरोधि मात्र जनता हुने तपाँइको परिभाषा भित्र तपाँइका कार्यकर्ता मात्र जनता देखिएलान र आजको सान्ती र्यालीमा देखिएका लाखौँको जनसमुह दलाल, र भिजिलान्तेको ढर्रामा ठहरीएलान। तर बास्तबमा आफ्नो चस्मा अलिकति खोलेर नियाल्नोस त कमरेड साचो जनता ले के चाहेको रहेछ? हुनत आफ्ना कार्यकर्तामात्र जनता देख्ने तपाँइको नजरमा माओबादी आन्दोलन नै जनआन्दोलन भन्न खासै आफ्टेरो नलाग्ला तर दुइ तर्फ देखिएका जनता को प्रदर्सन बिष्लेषण गर्ने हो भने पक्कै थाहा हुने छ कमरेड जनता के चाहान्छन
जनता को शक्ति कतैबाट उठाएर ल्याएका भिडको शक्ति कदापी हुन सक्दैन। स्वतस्फुर्त रुपमा बिद्रोही भाबले नउठेसम्म न त्यो जनशक्ति हुन सक्छ न जनआन्दोलन नै। चे ग्वेभाराले त्यसै भएर नै भनेका होलान कि क्रान्ति निर्यात गरिने बस्तु होइन भनेर। गाउँ गाउँ बाट उठाएर ल्याएर कलेज र स्कुल ब्यारेक बनाएर दुइचार दिन आतङ्क मच्चाउन सकिएला शक्ति प्रदर्शन गर्न सकिएला तर जनताको मन जित्न सकिदैन। त्यसैकारण जनता स्वतस्फुर्त रुपमा प्रतिकारमा ओर्लिन्छन। त्यसको सामान्य झल्को देखिन थालिसकेको छ। अझ आजको सान्तिर्याली त न प्रतिकार र्याली थियो न त माओबादीबिरुद्ध परिलक्षित थियो। लगातार को बन्दको मारमा परेका जनताको सान्तिपुर्ण बिरोध थियो त्यो। बन्द संस्कृतिको बिरोध थियो त्यो। अझ धरापमा पर्दै गएको सान्तीप्रक्रिया लाइ जोगाउने जनचाहना को प्रतिरुप थियो त्यो। तर कमरेड प्रचण्ड यतिमै किन आतङ्कित? जनता को आबाज सुन्ने क्षमता बिकास गर्नोस कमरेड। बिरोधी बिचार सुन्ने बिकास गर्नोस। आफ्ना चाटुकारको भजन मात्र सुन्ने ज्ञानेन्द्रको हालत के भयो थाहा छैन र? अनि जनताको सान्ती जुलुस प्रति किन गिद्धे दृष्टी त? त्यो रोक्न पहल भयो रे। नरोकिने भएपछी जनतालाइ मण्डले सैलीमा छेक्ने र आतङ्कित पार्ने काम भयो। अन्तमा आक्रमण समेत भयो। हामी स्वयम सान्ती र्याली सकेर फर्कने क्रममा पुरानो बसपार्क आउँदा लाठी बोकेका वाइसिएल को जमात ले छेकेर सोधपुछ थाल्यो। हामी मध्येका एक मित्र को हातमा राष्ट्रिय झण्डा थियो। त्यसै कारण हामीमाथि आक्रमण भयो। के अब राष्ट्रिय झण्डा पनि माओबादी लाइ पाच्य हुन छाड्यो? राष्ट्रिय झण्डा बोकेका युथफोर्स नै हुन्छन भन्ने सोच अतिबादी सोच हो। आफ्नो बिरोधी बोली सुन्न नसक्नु सामाजिक फासिबादी सोच हो। अलोकतान्त्रीक र हिटलरी सैली हो। यस्ता सोचले केहि समय देश कब्जा गरिएला तर जनताको मन कब्जा हुदैन। त्यो हसिया हथौडा भित्रको हिटलरी पद्वति हुनेछ।
हो हिँजो जनयुद्ध लडेर आएको पार्टी आज अलिकती युद्धकालिन धङधङी बाकी छ भन्न सकिएला। लोकतन्त्र भन्नुनै गल्तीबाट सिकेर अघि बढ्नु हो। तर ए माओबादी यो मामलामा पछि पर्दै गएको छ। र यदि आफुलाइ लोकतान्त्रिक पार्टीको रुपमा बिकास गर्न चाहने हो भने यो पाटो स्विकार गर्नै पर्छ तर माओबादीको बाटो हिटलरी गणतन्त्र हो भने भिरमा जाने गाइलाइ काँध थाप्न कदापी सकिँदैन।