हराएको बन्चरो

मैले एउटा चिनिया कथा सुनेको थिएँ। जुन यस्तो थियो।
दुई जना छिमेकी थिए। तिनी हरु को सम्बन्ध उदाहरण बनेको थियो। कारण तिनी एक अर्को लाई सधैं सहयोग गर्ने, दु: सुख बाड्ने अत्यन्तै राम्रो मेल थियो। तिनी हरु को मेल देखेर अरु गाउँले लाई पनि इर्स्या लाग्ने गर्थ्यो।
तर एक दिन नहुनु पर्ने घटना घट्यो। त्यो दिन एक जना को बन्चरो हरायो। बन्चरो को खोजी हुन थाल्यो। त्यो मौका को फाईदा भने गाउँ को फटाहा ले लियो। उस्ले बन्चरो हराएको ब्यक्ती लाई बोलाएर बन्चरो चोर् को बारेमा कुरा गर्यो। उस्लाई चोर् बताउनु भन्दा पनि अर्कै स्वार्थ थियो। त्यसैले उस्ले भन्यो "हेर तेरो घर मा सबै भन्दा धेरै आउने जाने त्यही छिमेकी हो। तलाई पिर पर्ला तर हामीलाई पहिले देखी नै थाहा थियो कि त्यस्को नियत ठीक छैन भनेर। बन्चरो चोर् तेरो छिमेकी नै हो। " त्यो फटाहा ले त्यो कुरा प्रमाणित गर्न थुप्रै प्रमाण समेत  दियो। अन्तिम मा त्यो ब्यक्ती सहमत  भयो कि उस्को बन्चरो उस्कै छिमेकी ले चोरेको हो भनेर।
अब सबै कुरा फेरियो। बन्चरो हराउने छिमेकी ले सिधै भन्न सकेन तर भित्र भित्रै भने त्यो कुरा ले उसलाई पोलिराखेको थियो। त्यसैले अर्को छिमेकी को घर मा जान छाड्यो। तर अर्को छिमेकी भने यसबारे पुरै अनजान थियो। त्यसैले भने आउने जाने गरी रहन्थ्यो। तर पहिलो छिमेकी उसको आउने जाने क्रम लाई संका ले हेर्थ्यो। अब कुन सामान मा आँखा लगाएको आउछ भन्ने उसको मन मा बिचार  आउथ्यो। दोस्रो छिमेकी ले गर्ने सहयोग लाई पनि स्वार्थ को रुप मा बुझ्न थाली सकेको थियो। तर बिस्तारै बिस्तारै दोस्रो छिमेकी पानी आउन जान छाड्यो।
पछी एक दिन पहिलो छिमेकी ले आफ्नै बारी मा फेला पार्यो। अब उसलाई ठुलो पिडा भयो। आफुलाई त्यती सहयोग गर्ने छिमेकी लाई गाउँले को कुरा मा लागेर चोर् ठानेको कुरा ले खुबै पोल्यो। गएर माफि माग्यो। पुन उनिहरु को मित्रता पहिले जस्तै भयो।

आज हामी हरु पनी बन्चरो हराएका छिमेकी भएका छौ। फटाहा हरु ले बन्चरो चोर् छिमेकी लाई बताइरहेका छन  । हामी त्यही कुरा पत्याएर छिमेकी लाई अबिश्वास गर्दै छौ। छिमेकी को सबै कुरा लाई बन्चरो चोर् मा लगेर जोड्छौ। आफ्नो छिमेकी लाई एक पटक सोध्नु भन्दा उस्लाई बहिस्कार  गर्नु मा भलाई ठान्छौं। अघी को कथा मा दुबै  छिमेकी को दोस थिएन। दोस थियो त लडाउने मनासाय भएका कुतत्व हरु को। हाम्रो पनि दोस छैन होला तर त्यस्तै कुतत्व हरु हामी बिचमा खेल्दै छन। कहिले हराएको बन्चरो भेटिने होला र हामी बिच पुन त्यस्तै मेल होला? आसा गरौ त्यती बेला सम्म हाम्रो देश सग्लै होस्।