चार बर्ष मा फेरिएको राजनीति

चार बर्ष अघी जती बेला म गाउ मा गएको थिएँ द्वन्द पछी पहिलो पटक फरक धार को राजनिती को प्रतिनिधित्व गरेर म गाउँ मा गएको थिएँ। त्यती बेला तत्कालिन नेकपा माओवादी बाट मलाई थुप्रै धम्की आएका थिए। तर पनि नयाँ नेपाल बनाउने सपना थियो। त्यसैले आफ्नो काम मा लागिरहेँ। मेरो बूथ मा माओवादी ले कब्जा गर्नु अघी अन्तिम मतदान गर्ने मान्छे म नै थिएँ। प्रत्यक्ष मतदान धादली को भर मा जित्ने निस्चित भए पनि म आफु ले विश्वाश गरेको पार्टी लाई समानुपातिक मत दिनै पर्छ भन्ने मा थिएँ। मेरो हात मा समानुपातिक को मत्पत्र थियो तर म अघी को मतदाता भागने क्रम मा स्वस्तिक चिन्ह नै लिएर भागेको ले स्वस्तिक चिन्ह भेटिन। निर्वाचन का कर्मचारी नि भागीसकेका थिए। माओवादी का कार्यकर्ता ले घेरिसकेका थिए र म असुरक्षित भइसकेको थिएँ। त्यो बेला पनि स्वस्तिक चिन्ह खोजेर मलाई मन पर्ने पार्टी लाई मत दिएर फर्केको थिएँ। आज मत दिएको र न दिएको एकै भएको छ। त्यती बेला का सबै पल हरु झल्झली याद छन। आफ्ना पुरा नभएका सपना र अगाडि का अनिस्चित भबिश्य हेर्दै छु। र संयोग भनौ एक दुई दिन मा म फेरी गाउँ मा फर्किदै छु तर कुनै राजनीतिक दल को झन्डा अब कहिले पनि नबोक्ने प्रण गरेर।