दश बर्ष पछी को मेरो गाउँ

पढाई को लागि घर छोडेपछी पहिलो पटक जेठ महिना मा घर मा बस्ने मौका मिल्यो। दशै बिदा बाहेक अरु समय मा घर मा बस्ने मौका निकै काम मात्र मिल्ने गर्दछ। यस्तो मा लग्भग १० बर्ष पछी जेठ महिना मा घर मा आउने मौका मिल्यो। यो बसाइ कती कुरा ले अत्यन्तै रमाइलो भयो भने कतिपय कुरा ले भने प्रितीकर रहेन।
कुरा संबिधान सभा बाट नै सुरु गर्दछु। २०६४ को चैत्र। गते ठ्याक्कै याद छैन तर त्यतिबेला घर आउँदा को एक एक पल मेरो दिमाग मा अझै पनि ताजा छन। द्वन्द को समाप्ती पछी माओबादी बाहेक अन्य राजनीतिक शक्ती को प्रतिनिधि बनेर गाउँ मा प्रबेश गर्ने शायद पहिलो ब्यक्ती थिएँ। चुनाव ताका भएका एक एक पल मलाई अझै पनि याद छन त्यस को चर्चा यस भन्दा पहिले को पोस्ट मा पनि गरेको छु। त्यस तर्फ अहिले लाग्दिन। अहिले को यात्रा भने ठीक संबिधान सभा बिगठन पछी भयो। त्यस अर्थ मा मेरो यात्रा अझ स्मरणिय बन्न पुग्यो। संयोग भनौ कि के भनौ त्यती बेला चुनाव को बेला सँग राजनीतिक झन्डा बोकेर हिंडेकी सानी बहिनी यो पटक पनि मसङ्गै भएको अवस्था थियो। त्यसैले पनि मलाई यो यात्रा बिशेष महत्व को हुन पुगेको थियो।

 चार बर्ष मा गाउँ मा भएका जनता को राजनीतिक दल प्रती को आस्था विश्वाश मज्जाले टुटेको देखेँ। हिजो का सबै बिचार  टुटेर अब राजा आउनु पर्छ भन्ने बिचार  ले बलियो सँग जरा गाडेको भेटियो। कुनै निरंकुश सासक आए पनि स्विकार गर्ने तर पुराना पार्टी लाई समर्थन नगर्ने  भनेर भन्ने मान्छे धेरै भेटिए। तर संबिधान सभा बिगठन को प्रमुख कारण बनेको संघियता जातिय राजनीति प्रती भने कसैलाई राम्रो सँग जानकारी थियो चासो नै। त्यस्ले कम्ती मा हाम्रो राजनीति कती सतही रहेछ भन्ने कुरा बुझ्न मलाई गार्हो परेन।
यो बसाइ मा मैले देखेको अर्को कुरा गाउँबासी को जीवनशैली मा आएको परिवर्तन हो। दसैं या अन्य बेला मा सबै बाहिर गएका हरु समेत  फर्केको बेला हुन्छ। त्यो बेला गाउँ को अवस्था स्वभावत परिवर्तन हुन्छ। तर अहिले यो बेला फाट्टफुट्ट मात्रा मानिस घर फर्केका हुन्छन। यती बेला जे हुन्छ त्यो गाउँ को नियमित जीवनशैली हुन्छ। त्यसैले पनि मैले गाउँ को जीवनशैली बुझ्ने प्रयास गरेको थिएँ। त्यसक्रम मा भेटिएका परिवर्तन अचम्म लाग्दा भेटिए। पहिले स्कुल को विद्यार्थी हुँदा को कुरा सम्झिन्छु। त्यती बेला गर्मी हुँदा दही मही सर्वत बनाएर खाने चलन थियो। सर्वत बनाउँदा कागती या स्थानिय भकिम्लो (जस्लाई अर्घाखाँची बाहिर के भनिन्छ मलाई थाहा छैन मैले अर्घाखाँची बाहिर देखेको पनि छैन )को प्रयोग हुन्थ्यो। भकिम्लो को सर्वत मलाई निकै नै मन पर्ने पेय समेत हो त्यसैले त्यो पिउने मेरो निकै चाहना थियो तर अहिले भकिम्लो देख्नु कता हो कता सर्वत बनाउने चलन समेत हराएछ। सर्वत को स्थान अहिले फ्रूटी, रियल, कोक जस्ता पेय ले लिएछन। खाजा समेत स्थानिय स्तर मा बनाउन सकिने सामाग्री भन्दा चाउ चाउ ले प्राथमिकता पाएछ। धन्य रेमिट्यान्स.
अर्को नमिठो अनुभब रह्यो फूल को। पोहोर साल दशै तिहार ताका गाउँ मा फूल को अभाब भएर बुटवल बाट झिकाएको मलाई याद थियो। तर त्यस को प्रमुख कारण मलाई थाहा थिएन। अहिले भने त्यस को कारण मज्जाले थाहा भएको छ। हामी केटाकेटी हुँदा मलाई याद हाम्रो फूल रोप्ने समेत प्रतिस्पर्धा हुन्थ्यो। कस्को घर मा कती जात को फूल भन्ने प्रसँग निकै प्रतिस्पर्धात्मक हुने गर्थ्यो। तर अहिले को पुस्ता मा त्यो फूल रोप्ने जागर समय नै त्यस्तो छ। जलबायु परिवर्तन को असार होला शायद पानी पर्ने क्रम अहिले निकै ढिलो सुरु हुँदै छ। त्यस्को प्रभाब भने नराम्रो सँग परेको भेटिन्छ। पानीका मुल सुकेका छन पानी को हाहाकार छ। त्यस्को प्रभाब हो यती बेला उम्रिनु पर्ने कुनै पनि बिरुवा हरु उम्रिएका छैनन। त्यस्को प्रभाब दसैं तिहार मा फूल को संकट को रुप मा देखा पर्ने निस्चित छ। धनी ठुला देश ले गर्ने कर्तुत को प्रभाब हामीले मनाउने चाड मा पनि पर्न थालेको छ।
सबै कुरा हरु परिवर्तनशिल हुन्छन। शायद मेरो गाउँ पनि १० बर्ष मा त्यस्तै परिवर्तन देख्यो। जस्लाई म प्रत्यक्ष महसुस गर्न सकिन। तर अन्य कुरा मा जती परिवर्तन आए पनि चेतना स्तर मा भने कुनै परिवर्तन देखिएको छैन। उही पुरानो यान्त्रिक जीवनशैली पहिले जस्तै चलेकै छ। सामान्य जीवन बाच्ने अरु केही सपना हरु देखिन्न। शायद त्यसैले नै होला नेपाल र नेपाली को जीवन सुखी मानिने। सुखी जीवन को लागि त त्यो ठीक होला तर बिकास र प्रगती को लागि भने यो बाधक नै बन्ने देखिन्छ।
(मन मा लागेका कुरा लेख्दा सिलसिला मिलेको छैन। निचोड कसरी लेख्ने भनेर आफैले निर्णय गर्न सकिन। गाउँ को ऐना को रुप मा यो लेख राख्न मात्र खोजेको छु।)