सहिदको पत्र आमालाइ

प्यारी आमा
ढोग छ
यो पत्र पाउँदा सायद तिमीले अचम्म मानौली। मरेको छोराको पत्र कसरी आयोभनेर। हुनत नेपाल जस्तो सहिदको मुल्याङ्कन नहुने देशमा बसेर त्यस्तो सोच्नु के अनौठो भयो र आमा। तर स्वर्ग बिल्कुल फरक छ आमा। यहाँ त हाम्रो छुट्टै सम्मान छ। समग्र मानब सभ्यताको लागी बलिदान हुनेहरु भनेर देबतादेखी दानबसम्म सबैले हामीलाइ अत्यन्तै सम्मान गर्छन। अझ मानबजातीका सहिद भनेर कतिपय बिशेष सुबिधा पनि दिइएका छन तर हामी त एकै ब्यक्तीले सुबिधा उपयोग गरेर अरुलाइ ज्युँदै मार्ने ब्यबस्थाको बिरोध गर्दा मरेका मान्छे। कसरी ति बिशेष सुबिधा लिन सक्छौँ र आमा हामीले। तर एक जना देबताले अत्यन्तै कर गरेर मलाइ एउटा मात्र बिशेष सुबिधा प्रयोग गर्न अनुरोध गरेपछी मैले समग्र नेपालबासी तथा मानबजातिलाइ पत्र कोर्ने निधो गरेको हुँ र यो पत्र तिमी मार्फत पठाउने बिचार गरेको हुँ आमा। म त यहाँ आरामै छु आमा अनि तिमी पनि आरामै छौ भन्ने त थाहा पाइराखेकै छु। हाम्रो योगदानको मुल्याङ्कन भएन भनेर अत्यन्तै पिर मान्छौ रे आमा। आमा धेरै पिर नमान। कति दिन हाम्रो बलिदानको अपमान होला र आमा? कति दिन यि
लुटेराको जगजगी चल्ला र? यस्तै जनतामाराको रजाइँ चलिरह्यो भने एक दिन त पक्कै बिद्रोह गर्लान नि जनताले। टिक्ला यस्तै चालले पाँच बर्ष टिक्ला दश बर्ष टिक्ला सय बर्ष नै टिक्ला। सय बर्ष टिक्नु एउटा मानिसको लागी लामो  समय होला तर पुरै मानब इतिहाँसको लागी छोटो समय हो। मैले तिमीलाइ सुनाउँथे नि संसार का ठुला ठुला तानासाहहरुका कथा। ति पनि त अजेय देखीएका थिए तर आज संसारले तिनलाइ थुक्छ नि त आमा। यि सासक पनि जनताको भाबनालाइ ध्यान दिएर जान सकेनन भने एक दिन यि पनि पक्कै ढल्नेछन आमा। अनि त्यो दिन पक्कै हाम्रो मुल्याङ्कन गर्ने छ। त्यो दिन सहिदको दिन हुने छ सहिदको
सपनाको दिन हुने छ र बास्तब मै जनताको दिन हुने छ तर त्यो दिन सरकारी झारा टार्ने माघ १६ हुनेछैन आमा। त्यो दिन हामीलाइ सम्झे जस्तो गर्न एक मिनेट मौन धारण गर्नुपर्ने छैन। पलपलमा हामी याद गरिने छौँ। त्यतिबेला हामीलाइ सम्झिन कुनै राजमार्गलाइ हाम्रो नाम दिइनु पर्ने छैन सडकको बिचमा हाम्रो मुर्ती बनाउनुपर्ने छैन किनकी सबैको मनमै हामी हुनेछौ।अनि किन चाहिए र ति झारा टार्ने उपाय। अनि नेताले सहितका सपना बिर्से भनेर जनताले पनि पिर मान्छन रे। आमा के हामी नेताका लागी मरेका थियौँ त। के कसैलाइ नेता बनाउन मरेका थियौँ त? थिएनौ आमा, हामी त जनताको लागी मरेका थियौँ। नेताको लागी कदापी हाम्रो बलिदान थिएन मात्र जनताको लागी हामी मरेका थियौँ आमा। अनि नेताले कसरी
बुझुन हाम्रो त्यागलाइ। हामी त चाहान्छौँ जनताले बरु बुझुन यो कुरा।जति चाँडो बुझ्यो त्यति मानबजातीलाइ फाइदा हुनेछ। आमा जनतालाइ सचेत बनाउने काममा लाग्छौ नि तिमी? जनताले बुझे भने हाम्रो योगदान नबुझ्ने नेता चाँडैनै शक्तिबिहिन हुनेछन र चाँडैनै जनताको सुखि दिन आउनेछ। आमा मैले बाचुञ्जेल तिम्रो लागि केहि गर्न सकिन। देश र जनता भन्दा भन्दै जीबन सकियो। तर सचेत मानबका नाताले एउटा आमालाइ मात्र खुसी राख्नु भन्दा धर्तीका लाखौँ आमा खुसी बनाउनु बढी उपयुक्त सम्झे।के मैले गलत गरेँ र आमा? के तिमी आफ्नो छोरा जनताको खुसीका लागी बलिदान भएको देखेर खुसी छैनौ र? आमा मजस्तै अझै लाखौँ युबा सुन्दर संसार निर्माणको लागि धर्तीमा डुलिरहेका छन। ति युबा मेरा साथि हुन मेरा अझ दाजुभाइ नै हुन। यसो सोँचत आमा एउटा छोरा गएर के भो र आमा लाखौँ छोरा धर्तीमा छन नि त आमा। तिनलाइ पनि आफ्नै छोरा मान  आमा।
हस्त आमा अहिलेलाइ बिदा
उहि छोरा