मणी हराएको गाउँ

शायद यो कबिता अहिले पुरानो बनिसकेको छ र अप्रासङ्गिक भएको छ। तर आज कोठा सफा गर्ने क्रममा भेटिएको पुरानो कापीमा यो कबिता देख्दा पोस्ट नगरि बस्न सकिन। माओबादीबाट हत्या गरेका अर्घाखाँची केरुङ्गाका राममणी ज्ञवालीलाई सम्झेर यो कबिता लेखीएको थियो शायद २०६० सालतिर। र पहिलो पटक ९ बर्ष पछी यसलाई जस्ताको तस्तै यहाँ पोस्ट गर्दै छु
अध्यारो निस्कपट कालरात्रीमा
उज्यालोको आशाको किरण बन्दै
तमाम गाउँबासिको अगाध आस्था बन्दै
निरन्तर चमचम चम्किरहेको मणी
त्यो मणी खोसियो मध्यरातमा

सटासुटु लुटियो
कसैले थाहा समेत पाएन
जब आभास भयो उसको उज्यालो रोकिएको छ
त्यतिबेला त्यो मणी लुटीइसकेको थियो
आफ्ना अगाध प्रेमका मिठा किरण गाउँबासीको हितमा छोड्दै
आफ्ना सबै गुण सबैलाई समान रुपमा बाड्दा बाड्दै
थाहै नपाई हरायो
यसरी गाउँ को एउटा सम्पत्ति हरायो
यसरी गाउँ को एउटा छहारि हरायो
यसरी गाउँ को एउटा मणी हरायो
यसरी हराउदै छन
देशका एक एक गाउँ ले
एक एक मणी हरु
यसरी गाउँ उज्यालो बिहिन बन्दै
र अध्यारो कालरात्री मा गुम्सिदै
हराइरहेछन मणीहरु
हराइरहेछन राममणी हरु