अभावै अभावको सहर

अभावै अभावको सहर
भूपिले भनेका थिए
यो हल्लै हल्ला को सहर हो
तर त्यसो होइन रहेछ
यहाँ साँचो हल्ला कम चल्छ
झुठो हल्ला बढी चल्छ
यो त सत्य को अभाब भएको सहर हो
अर्थात यो त अभावै अभाब को सहर हो
यहाँ धारामा पानीको अभाब छ
यहाँ तारमा बिजुलीको अभाब छ
पम्पमा तेलको अभाब छ
अर्थात सबैतिर अभावै अभाब छ

यहाँ खुद्रा मुल्यमा नैतिकता बिक्छ
चुरोटको मुल्यमा इज्जत बिक्छ
रक्तचन्दन भन्दा बढी तस्करी हुँदै छ सदाचार
थोक भाउमै बिक्दै छ स्वाभिमान
अर्थात मानव मानवता गुमाएर खोक्रो भैसकेको छ
यहाँ खोक्रो मानिसको हलमा बास्तबिक मानिस भेट्न गाह्रो छ
अर्थात यहाँ मानबकै अभाब छ
त्यसैले म भन्छु यो अभाबै अभाब को सहर हो
(आज भन्दा लगभग ५ बर्ष अघि लेखेको यो कविता आज घर सफा गर्ने क्रममा भेटें | लेखाइमा थुप्रै त्रुटी देख्दा देख्दै पनि जस्ताको तस्तै यहाँ प्रस्तुत गरेको छु )