चुनाब र हाम्रो मनोबिज्ञान

चुनाब लाग्दै छ । लगभग सबैजना कुनै न कुनै पार्टीको समर्थनमा हिँडेकै छौँ । र प्रचारमा हिंडेकामध्ये अधिकांसलाई आफ्नै पार्टी मन पर्दैन । एक्लै वसेको बेला आफ्नै नेता र पार्टीको नीति सबैभन्दा झुर लाग्छ ।तर जब भेट आफुले समर्थन गरेको पार्टीको बिपक्षी भेटिन्छ त्यतीबेला आफ्नो पार्टी बाहेक अरु कोहि पनि सहि लाग्दैन। आखिर यस्तो किन हुन्छ त? 
यसको उत्तर खोज्नु अघि यस्तै अरु सवालमा पनि बिचार गरौं। चुनाब त हाम्रो प्रत्यक्ष जीवनसँग जोडिएको बिषय हो जसमा पक्ष र बिपक्ष हुनु स्वभाबिक नै छ । तर जब रियल म्याड्रीड र बार्सिलोना एक आपसमा खेल्छन वा भारत पाकिस्तान भिड्छन त्यतिबेला पनि हामीहरु एक वा अर्को पक्षको अन्ध भक्त बनेकै हुन्छौं जुन कुराले हाम्रो जीवनमा प्रत्यक्ष सरोकार समेत राख्दैनन ।  त्यसो भए हामीसँग प्रत्यक्ष सरोकार नराख्ने बिषयसँग किन यति आशक्ती? 
अहिले सम्म हामीहरु यसलाइ धर्मको आँखाबाट हेर्यौं । प्राय धर्मले हामीहरुलाइ आफ्नो भनिएका कुराहरु सँग आशक्ती हुने र त्यो आशक्ती छोड्न सके मात्र मुक्ती हुने कुरा सिकाउँदै आए । तर पछिल्लो अध्ययन र अनुसन्धानले यसबारे अर्कै कुरा बताउँछ ।
हामीहरू अहिले मानवाधिकार, लोकतन्त्र वा जे भनेपनी हाम्रो डिएनए ले हामीहरुलाइ ढुङ्गेयुगमा भएको नै ठान्छ । सायद आइन्स्टाइनले चौथो बिश्वयुद्धबारे गरेको भबिस्यबाणी यो तर्कसँग नजिक छ ।अर्थात यदी हामीहरुले बिकास गरेको प्रबिधिलाई समुल नस्ट गरिदिने हो भने हामीहरु हजारौं बर्ष अगाडीको मानवको जीवनमा फर्किने छौं ।
त्यही ढुङ्गे युगवाला जिनको प्रभाब हामीमा अहिले पनि छ ।
त्यसो भए चुनाबी सफलता वा असफलतासँग ढुङ्गे युग कसरी जोडिन्छ त? यसवारे छलफल गरौं । ढुङ्गे युगमा साना साना समूह हुन्थे जसको देश पार्टी वा जे भनेपनी त्यही समूह नै थियो ।र आफ्नो भन्न सक्ने परिवेस पनि त्यही थियो ।जब त्यो समुह अर्को समुहलाइ जित्थ्यो त्यतिबेला आफ्नो क्षेत्रफल बढ्थ्यो र स्वभावतः उत्कृष्ट खाना र अन्य बिलासिताको अबसर समेत जुट्थ्यो । त्यसैले आफ्नो समुहको जित खुसी र उल्लासको अबसर समेत थियो । (जनावरमा यसको अंश अहिले पनि देख्न पाइन्छ ) । अहिले हामीहरु बसेको समाज फेरिएको छ । तर हाम्रो जीनमा उही सभाना हावी छ । राजनीतिक झुन्ड लाई आफ्नो ढुङ्गे युगिन समूह देख्छौं  फुटवल टिमलाइ आफ्नो झुन्डको प्रतिनिधि देख्छौं । र उनिहरुको जित र हारलाइ आफ्नै जित र हारको रुपमा देख्छौं । किनकी हाम्रो जिनले त्यो जितपछी हामीलाइ प्रसस्तै खुसी मिल्ने ठान्छ । 
आज हामीहरु जुन मुर्खता देखाँउदै छौं त्यो प्रकृतिले सानो समुहमा जीवन बिताउन दिएको उपहार हो । आजको डिजिटल जमानामा पत्र व्यबहार असान्दर्भिक हुँदै गएजस्तै आजको ग्लोबलाइजेसनको जमानामा ढुङ्गे युगिन मनस्थिति पक्कै काम लाग्दैन तर त्यसलाइ हामीहरु चाहेर पनि फेर्न सक्दैनौँ । त्यसको लागि कि त बायोटेक्निकल इन्जिनियरिङ्गको चमत्कार कुर्नु पर्छ कि त म्युटेसन र भेरिएसन बाट हुने जिन परिवर्तन कुर्नु पर्छ