चन्द्र जी थेसिसको महत्व थाहा छ?

एउटा लेखमा यस्तो पढ्नु पर्यो "
हाम्रो चुनावी घोषणापत्र एमएको थेसिस जस्तो भयो"। यो कुनै चानचुने मान्छेले भनेको कुरा होइन । विद्यार्थी राजनीतिबाट मुलधारको राजनीतिमा स्थान बनाउन आइपुगेका चन्द्र भन्डारीको हो ।  यसबाट हाम्रो राजनीतिक नेतृत्व कतिसम्म सतही छ भन्ने कुराको पुष्टि हुन्छ ।
जुनसुकै तहको भए पनि थेसिस आफैमा असाध्यै महत्वपूर्ण र गरिमामय कुरा हो । गहन अध्ययन , खोज र अनुसन्धानको निस्कर्ष नै शोधपत्र हुने गर्दछन । शोधपत्रहरुले नै मानव ज्ञानको क्षितिज फराकिलो बनाउने गर्दछन । बिश्वबिद्धालयको माथिल्लो तह  अर्थात स्नातकोत्तर तहको शोधपत्रको समेत आफ्नै महत्व रहने गरेको छ । प्राज्ञिक क्षेत्रलाइ मह्त्व दिइने देशहरुमा शोधपत्रलाइ विशेष चासोका साथ हेरिने गरिन्छ र त्यसको निचोडलाइ प्रयोगमा ल्याउने यथासम्भव प्रयत्न गरिन्छ । अझ कतिपय राजनीतिज्ञहरु समेत सोधकार्यमा संलग्न रहेको पाइन्छ  । अमेरिकि पुर्बरास्ट्रपती बाराक ओबामाले आफू पदमा छदै प्रकाशित गरेको शोधपत्र  होस वा रास्ट्रपतीका प्रत्यासी अल गोरले ग्लोबल वार्मिङ्गका बारे गरेका खोज अहिले पनि चर्चाका बिषय छन ।
हाम्रो देशको शिक्षा कहाँनेर छ भन्ने कुरा यहाँको शोध संस्कृति हेरेरै थाहा हुन्छ । प्राय क्याम्पसका गेटमा शोधकार्य गरिदिने ब्यापारीको प्रचार भेटिन्छ भने शोध भनेको अंक ल्याउन मात्र हो भन्ने बुझाइ स्थापित भैसकेको छ । त्यसैले चन्द्र भन्डारीले घोषणा पत्रलाइ थेसिस भनेको हुनु पर्छ्। जसको प्रयोजन मत तान्न मात्र होस
एक त शोधपत्र हरुको यो हविगत बनाउन चन्द्र भण्डारी हरुको पनि भुमिका छ । विद्यार्थी नेताहरुले बकम्फुसे आन्दोलनको साटो बिश्वबिद्यालयको उन्नतिको लागि आन्दोलन गरेको भए र शोध संस्कृति बिकास गरेको भए सायद बिश्वबिद्यालयकै गरिमा उच्च हुन्थ्यो । अर्को तर्फ आफुलाइ पिएचडि स्कलर बताउने भन्डारीले शोधको महत्व नै नबुझेको समेत मान्न सकिन्छ  ।
तर जेसुकै भएपनी भन्डारीले गरेको तुलना क्षम्य पक्कै छैन । सुसंस्कृत समाजमा भएको भए उहाँले सार्वजनिक माफी माग्नुपर्ने थियो तर चाटुकारले भरिएको समाजमा पक्कै उहाँले ताली पाउनुहुने छ ।